मिश्रलाई संबोधन गर्दै संयोजक पाण्डेले जारी गरे १५ पृष्ठ लामो स्पष्टीकरण (स्पष्टीकरणसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै स्पष्टीकरण सार्वजनिक गरेका छन् । 

पार्टीमा भएको विरोधलाई लिएर सोमबार पाण्डेले १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका हुन् । 

पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.