चुरीफुरीले हलमा गर्ला कि नगर्ला चुरीफुरी (भिडियासहित)

काठमाडौं । कोरोना आक्रान्तबाट विश्व विस्तारै तंग्रिँदै छ ।

सन् २०१९ बाट सुरु भएको कोरोना महामारीबाट सबै क्षेत्र प्रभावित भए । जसको प्रत्यक्ष मार चलचित्र क्षेत्रमा पनि पर्‍यो । 

यो बीचमा चलचित्र ठप्प छ । जसको मारमा रंगकर्मी पनि परे ।

कोरोना कहर कम भएसँगै फिल्म बनाउन र बनेका फिल्म चल्न थालेका छन् । तर, अझै पनि फिल्म मेकरले फिल्म बनाउन डराइरहेका छन् ।जुन फिल्मी क्षेत्रको समस्या नै हो । 

बलिउडमा कोरोनापछि राम्रो प्रशंसा बटुलेको सूर्यवंशी बलकबस्टर बन्यो । तर, त्यसपछि चलेका फिल्म भने छायामा परे । अरु त अरु सलमान खानको फिल्म पनि फल्प खायो । 

हाल नेपाली सिनेमा हलमा साउथ इन्डियन फिल्म पुष्पाले तहल्का पिटिरहेको छ । टिकट नपाएर दर्शक बाहिरिएको स्थिति छ ।  

नेपाली फिल्म पनि हलमा लाग्न थालिसकेका छन् । केही फिल्म हलमा लागे पनि चर्चा कमाउन सकेका छैनन् ।

यसै क्रममा नेपाली चलचित्र पनि रिलिज हुने क्रम जारी छ । यही पुष ९ गते शुक्रबारबाट चुरीफुरी आउँदै छ ।

जसको ट्रेलर र गीत रिलिज भइसको छ । जसले राम्रो चर्चा पनि कमाएको छ ।

ट्रेलर र गीतले राम्रै चर्चा पाएको निर्देशन ऋषिराज आचार्य बताउँछन् । आचार्यको यो पाँचौँ फिल्म हो ।  

फिल्मा केही नयाँ अनुहार र केही पुरानो चर्चित हास्य कलाकार देखिएका छन् । आचार्यले पुष्पासँग केही डर मानेता पनि उनले चलाउने अन्तिम तयारी गरिसकेका छन् ।

हलिउड बलिउडजस्तो लगानी गरेर फिल्म बनाउन नसक्ने र देशको कथा माटो सुहाँउदो अगार्निक कथामा फिल्म बनाएको सोही  उनले फिल्मको प्रेस मिटमा भने । 

फिल्म विषयबस्तुगत रुपमा बलियो हुनुपर्ने र विश्व व्यापी रुपमा नेपाली फिल्मलाई लान सकिने उनले दाबी गरे । 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.