कानुन व्यवसायीसँग सर्वोच्चको आग्रह: मूलगेटमा नाराबाजी नगरिदिनूस्

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुनलाई अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेको छ । 

नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठका अनुसार सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न भनेको हो । 

न्यायालय सुद्धीकरणको माग गर्दै कातिक ८ बाट सुरु भएको कानुन व्यवसायीको आन्दोलनले अझै निकास पाएको छैन ।

कानुन व्यवसायीका विभिन्न मागमध्ये गोलाप्रथा लागू हुनुपर्ने माग रहेको थियो । सो मागबमोजिम मंसिर १५ बाट गोलाप्रथा कार्यान्वयन सुरु भएको छ । तर, कानुन व्यवसायीको माग भने अझै रोकिएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.