न्यून चापीय प्रणालीको प्रभाव, आज हिमपातको सम्भावना

काठमाडौं  ।  हाल देशमा न्यून चापीय  प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.