काठमाडौं । चितवन माडीको बाँदरझुलावासीको समस्या सम्बोधन गर्ने सहमति भएको छ।
मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा बाँदरझुला संघर्ष समिति तथा सरोकारवाला र सरकारी पक्षबीच भएको छलफलमा सो सहमति भएको हो ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, चितन क्षेत्र नं ३ का सांसद, भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाललगायत सहभागी थिए ।
सो छलफलमा भूमि मन्त्रालय र वन मन्त्रालयले समझदारी गरी ऐन संशोधनको प्रस्ताव पेस गर्ने र पारित गराउने लगायत तीनबुँदे सहमति भएको छ ।
बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डल आएका थिए । राम मन्दिरको विकास र विस्तार भन्दै राज्य संयन्त्रले बजेट छुट्याइरहँदा आफूहरू भने दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको उनीहरुको गुनासो छ ।