काठमाडौं । प्रदेश -२ सभापतिमा संस्थापन पक्षले यसअघि विमलेन्द्र निधिले अघि सारेका उम्मेद्वारविपरीत उम्मेद्वार उठाएको छ।
सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा प्रदेश-२ सभापतिमा रामसरोज यादवलाई दिने भनिएकाले निधिले देउवालाई सघाएको भन्ने कुरा बाहिरिएको थियो ।
तर,प्रदेश २ सभापतिमा सहमति हुन सकेन । जसको परिणामस्वरुप यसअघि सभापतिका लागि निधिले नाम लिएका यादव शेखर कोइराला प्यानलबाट सभापतिको उम्मेद्वार बनेका छन् ।
यद्यपि उनले आफूलाई स्वतन्त्र उम्मेद्वार भनेका छन् । संस्थापन समूहबाट कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनी रौतहटका हुन् । उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण हिजैदेखि जनकपुरमा छन् ।