एजेन्सी । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदूरको खोजी भइरहेको छ ।
कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलो पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर गैरकानूनी रुपमा खानीभित्र पसेको जनाइएको छ ।
पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।