काठमाडौं । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेकपा माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौं स्थित प्रज्ञा भवनमा हुने जानकारी दिएका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महराले सो जानकारी दिएका हुन् । महराका अनुसार पुस ११ देखि काठमाडौंमा सुरू हुने राष्ट्रिय सम्मेलनले क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने बताए ।
‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने,‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौँ,’महराले भने ।