काठमाडौं । नेप्से सूचक ९२ अंकले बढेकाे छ ।
मंगलबारको तुलनामा नेप्से सूचक बुधबार करिब एक सय अंक बढेको छ । नेप्से सूचक मंगलबार ५६.७३ अंक र बुधबार ९२.१६ अंक गरी दुई दिनमा मात्रै १४८.८९ अंकले बढेको हो ।
यस दिन नेप्से सूचक ९२.१६ अंकले बढेर २५०७.७० अंकमा पुगेको छ । २३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएर ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक छ । व्यापार उपसमूहको सूचक सर्वाधिक ८.२३ प्रतिशतले बढेकाे छ ।
यस्तै उत्पादन तथा प्रशोधन ७.६६ प्रतिशत, हाइड्रोपावर ६.०३ प्रतिशत र विकास बैंक उपसमुहको सूचक ५.५१ प्रतिशतले बढेको छ ।
यस्तै सबैभन्दा कम म्युचुअल फण्ड उपसमुहको सूचक ०.४७ प्रतिशतले मात्रै बढेको छ ।