प्रदेश-२मा कांग्रेस संस्थापन र इतर समूहबीच कुटाकुट

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन गराउने/नगराउने विषयमा कुटाकुट भएकाे छ । 

प्रदेश-२ पदाधिकारी चयनको विषयमा मतदानको विषयलाई लिएर सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो । सो क्रममा केही कार्यकर्ता घाइते भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.