पुस १० मा कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक बस्ने बताएका छन् । 

बैठक पुस १० गते बस्नने भनिए पनि समय निश्चित भइनसकेको उनले बताए । पुस ९ मा कांग्रेस केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.