काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
११ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २६३ जना कोरोनामुक्त भएको छन ।
नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन्।