मनकामना केबलकार पुनः नियमित सञ्चालनमा

काठमाडौं  ।  नेपालकै पहिलो केबलकार मनकामना केबलकार सेवा नियमित सञ्चालनमा आएको छ ।  गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको  थियो । 

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा चार दिन सम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो।

मर्मतसम्भारको काम सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो। चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.