नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौ जित
स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार पाँचौ जित निकालेको छ ।

इटाली । स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार पाँचौ जित निकालेको छ ।

शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४–० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौ जित निकालेको हो ।

लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा एन्डर हरेराले दुई गोल गर्दा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एकर एक गोल थपे ।

स्टार खेलाडी नेयमार र मेस्सी भने विश्वकप छनोट खेलेर पेरिस झरे पनि मैदान उत्रन पाएका छैनन् ।

खेलको २० र ३१औँ मिनेटमा हरेराले लगातार गोल गर्दै पेरिसलाई २–० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा एमबाप्पेले गोल गरे भने ६५औँ मिनेटमा इद्रिस्साले गोल गर्दै पिएसजीलाई ४–० को जित दिलाए । 

जितसँगै पिएसजीले पाँच खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा छ । क्लेरमोन्ट फुट पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.