मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

गुल्मी ।  गुल्मीको बिरवासमा गएराति मोटरसाइकल दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ ।  सोही मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको  बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खस्दा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको हो ।  

घटनास्थलमा बेहोस फेला परेका उनको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै पछाडी सवार सोही स्थानका ३१ बर्षीय धनबहादुर ढेंगाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.