काठमाडौं । नेपाली कांग्रेस कोषाध्यक्षमा महिलाले स्थान पाउने सम्भावना बढेको छ ।
नवनिर्वाचित १३ पदाधिकारीमध्ये एक जनामात्र रहेकाले सो पदको जिम्मेवारी महिलाले पाउने सम्भावना बढेको हो ।
महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी छन् ।
कांग्रेसको १४ सदस्यीय पदाधिकारीमा १३ जना १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् भने कोषाध्यक्ष केन्द्रीय सदस्यबाट मनोनित गरिने छ ।
कोषाध्यक्षका लागि नेतृ चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेत आकांक्षी छन् । यादव पूर्वकोषाध्यक्ष समेत हुन् भने भुसाल काँग्रेस संसदीय दलका सचेतक छिन् ।