काठमाडौं । आज शुक्रवारदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हाँस्यप्रधान नेपाली फिल्म ‘चुरीफुरी’ रिलिजमा आएको छ । कमेडी जनराको फिल्म विदेशी फिल्मको चूनौतीबीच पनि रिलिज भएको हो ।
नेपाली समाजको मौलिक कथालाई हाँस्यव्यङ्ग्य तरिकाले फिल्ममा कथा वाचन गरेको निर्देशक आचार्यले बताएका छन् । फिल्ममा अधिकांश हाँस्य कलाकार रहेको चुरीफुरीमा रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्यलगायतले अभिनय गरेका छन् ।
फिल्ममा दिपक शर्माको संगीतमा समीर आचार्य, विश्व नेपाली, बेनिशा पौडेलको स्वरामा गीतहरु समावेश छन् ।
फिल्मलाई छायांकार राहुल राईले खिचेका हुन्। सम्पादक नवीन निरौला हुन् । फिल्मका सह–निर्माताहरुमा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी छन् भने ऋषिराज आचार्य र रीना ढकाल भण्डारी यसका निर्माता हुन्। निर्देशक आचार्यले नै यो फिल्मको कथा लेखेका हुन्।