न्यूयोर्कमा चलचित्र निर्देशक दिपक श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता दिपक श्रेष्ठ न्यूयोर्कमा सम्मानित भएका छन् । श्रेष्ठलाई न्यूयोर्कस्थित न्युयोर्क नेवा गुठीले सम्मान गरेको हो । 

नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै श्रेष्ठलाई न्यूयोर्क गुठीले सम्मान गरेको हो । उनलाई न्यूयोर्क नेवा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, संस्थापक बीके नेवा, तथा वर्तमान अध्यक्ष विजयमान सिंहले खादा लगाई सम्मन पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रम प्रस्तोता , टेलिभिजन प्रस्तोता हुँदै  गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३० भन्दा बढी नेपाली चलचित्रको  निर्देशन गरिसकेका छन् ।
लामो समयको अन्तरालपछि  उनले घिन्ताङ नामक अन्तर जातीय फिल्म सकाएर उनी अमेरिकाको भ्रमणमा निस्किएका थिए ।
सोही कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको हो । निर्देशक श्रेष्ठले  उक्तजिम्मेवारी  सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा श्रेष्ठले  आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिका जस्तो देशमा बसेरपनि  नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताए । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.