ज्ञानेन्द्र तामाङ र बिपना गोलेको अभिनयमा 'पिरती लाको'

काठमाण्डौं । नब गायक बबि लामा र लोक प्रिय  गायिका रजनी लामाको स्वरमा रहेको  काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ ।

माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ ।  गीतमा बबि लामाको शब्द , राजु विरही सापकोटाको लय र सिर्जना गीतमा रहेको छ ।

सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको  निर्देशनमा भिडियो तयार पारिएको छ । “पिरती लाको“ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको ससक्त अभिनय देख्न सकिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.