काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस नवनिर्वाचित पदाधिकारी छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासहितका नवनिर्वाचित पदाधिकारीहरूको बैठकमा जुटेका हुन् ।
बैठकमा शेखर कोइराला प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको सहभागी छन् ।
पदाधिकारीमा शेखर कोइराला प्यानलबाट गुरुङ र थापासहित सहमहामन्त्रीमा पनि दुई जना निर्वाचित भएका थिए ।