वेबर ब्राण्डका सामान सस्तो र गुणस्तरीय

काठमाडौं । रिद्धीसिद्धी विनायक टेलिसिस्टम प्रा. लि. को नेपाली ब्राण्ड हो, वेबर । वेबर सञ्चालनमा आएको २ वर्ष भएको छ । यो कम्पनीले घरेलु प्रयोजनको लागि चाहिने सामानहरुको निर्माण र अन्य विभिन्न कम्पनीले निर्माण गरेको बस्तु वितरण समेत गर्छ । २ अर्ब ५० करोड मार्केट भ्यालु भएको कम्पनी हो, वेबर । 

वेबर ब्राण्डका उत्पादित सामानहरु नेपाली बजारमा प्रशस्त पाइन्छ । यसको नेपालमा हालसम्म १ सय ४० प्रकारका वितरण केन्द्र रहेका छन् । आगामी दिनमा नेपाल भरी ३ सय ५० वटा डिलर पु¥याउने योजना रहेको रिद्धिसिद्धिका प्रबन्ध निर्देशक सुनिल ढुंगनाले बताए । 

वेबरले हाल ३५ भन्दा बढी प्रकारका सामानहरु उत्पादन गरिरहेको छ । जसमा राइस कुकर, माइक्रो ओभेन, मिक्सर क्लिन्डर, इलेक्ट्रिक फ्यान, वाटर डिस्पेन्सर, ड्राइ आइरन, फ्रिज, एयर  कूलर, स्टिम आइरन, इलेक्ट्रिक किल्टी, इलेक्ट्रिक चुलो, वासिङ मेसिन लगायतका सामान छन् । यी सबै ३५ प्रकारका उत्पादन नेपाली बजारमा उपलब्ध छ  । 

यी सामानहरु नेपालको सातै प्रदेशमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रबन्ध निर्देशक ढुङ्गनाका अनुसार अरु ब्राण्डभन्दा वेबर सस्तो  र गुणस्तरीय छ । कम्पनी सञ्चालन भएको २ वर्षमा आपूर्तिभन्दा माग बढी भएको ढुंगानाको भनाई छ । हामीले सञ्चालन गरेको २ वर्षमात्र हुँदैछ तर सोचेको भन्दा राम्रो भइरहेको छ, उनले क्विक नेपालसँग भने । 

नेपाली ब्राण्ड भएपनि वेबरका केही सामान चीनमा र केही सामान भारतमा निर्माण हुने कम्पनीले उल्लेख गरेको छ । नेपाल सानो बजार भएको र नेपालमा निर्माण गर्नुभन्दा चीनमा निर्माण गरेर ल्याउँदा र विश्व बजारमा निर्यात गर्न सहज हुने हुँदा चीनमा उत्पादन गर्नु परेको प्रबन्ध निर्देशक ढुङ्गनाको भनाई छ। 

नेपाली ब्राण्ड कमजोर हँुदैन र गुणस्तरमा खराब हुँदैन भन्ने कुरो पुष्टि गर्दै यसलाई विश्व बजारमा पु¥याउने वेबर ग्रुपको योजना रहेका छ । उनी भन्छन् ‘यो नेपालको उत्कृष्ट ५ कम्पनीमा पर्छ । बजारको अरु कम्पनीभन्दा हाम्रो कम्पनीको सामानको क्वालिटी निकै राम्रो छ, उनले भने । वेबर ब्राण्ड मध्यम वर्गीय मानिसलाई लक्षित ब्राण्ड हो । सर्वसाधारणका लागि सहज रुपमा गुणस्तरीय सामानको आवश्यकतालाई महशुस गरि वेबर ले आफ्नो सामाग्रीहरु बजारमा ल्याईएको हो । 

यो ब्राण्डका सामानहरुमा वारेन्टी एवम् ग्यारेन्टी २ वर्षको छ । ढुंगानाका अनुसार उच्चस्तरीय सामान कम आय हुने मानिसले पनि प्रयोग गर्न सकोस् भनेर वेबर सुरु भएको हो । विश्वव्यापी रुपमा बजार विस्तार गर्ने लक्ष्य राखेको वेबरले अरुको सामान लिबिङ गरेर नल्याइ आफ्नै शुद्ध सामान मात्र बेच्ने गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.