चितवनमा थप  नौ हजारभन्दा बढी नयाँ मतदाता 

  काठमाडौँ । जिल्लामा मतदाता नामावलीको  कार्यले प्राथमिकता पाएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले  गरेको मतदाता नामावली सङ्कलन कार्यक्रम २०७८ मा  अहिलेसम्म  ९  हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता  गरेका छन । 

मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष कार्यक्रममा हाल  चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको  कार्यलय प्रमुख भीमसेन कार्काीले बताए । यस अभियानअन्र्तगत   पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराए  भने दोस्रो चरणमा राप्ती खैरैनी र रत्ननगरमा एक हजार ७८८ जनाले नामावलीमा नाम दर्ता गरेएका छन । 

 यसैगरि  माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराइसकेका छन  । दोस्रो पटकमा  राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएको कायृलय प्रमुखले जानकारी दिए  । दोस्रो चरणको  मतदाता नामावली सङ्कलनको भने कार्य पुस १८ गतेसम्म सञ्चालन रहनेछ ।


जिल्ला प्रशासन कार्यालय चितवनमा  हजार ३९ जनाले नाम दर्ता गराएका छन् । जसमा  ४७४ महिला र ५६५ पुरुष रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका छन । त्यसमध्ये  हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।  ।


मतदाता   नामावली संकलनका क्रममा  स्थायी वसोवास गर्ने र  जिल्ला भएर चितवनमा आएर मतदाता नामावली सङ्कलन गराउने ५७२को संख्या पुगेको छ ।  ।  यस अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक –एक वटा दर्ता स्थल तय गरिएको छ  ।   यसैगरि जिल्ला निर्वाचन कार्यालयमा तीन वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली सङ्कलन  भइरहेको कार्कीले जानकारी दिए । कार्यालयले दिएको सुचनाअनुसार अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

 

विसं २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाताले नाम दर्ता गराएका थिए ।   यसमा पनि  नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका  नागरिक रहेका छन  । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.