काठमाडौँ । हिमाली जिल्ला हुम्लामा आज बिहानैबाट परेको हिमपातले जिल्लाको जनजीवन अस्तब्यत भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा आज परेको हिमपातको मापनमा एक इन्चभन्दा बढी हिउँ जमिएको छ । नाम्खा गाउँपालिका ३ का सुनाम छिरिङका अनुसार जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम
नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समेत थप कठिनाइ भएको उननले बताए ।
हुम्लामा हिमपात परेसंगै चिसोको मात्रा पनि एकदमै बढेको छ ।
हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ ।
उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएका हुन । हिमपात परेपछि यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो बढेको छ ।
हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ ।