तेलुगू फिल्ममा आँचल

काठमाडौं । अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय -साउथ_ फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।

फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् । हैदरावादमा हुने फिल्मको प्रिमियरमा आफू पनि सहभागी हुने आँचलले बताएकी छन् । फिल्म आउँदो मार्चमा रिलिज हुनेछ । यस अगाडि साउथ फिल्ममा अभिनेत्री स्वस्तिमाले पनि अभिनय गरेकी थिइन् 

© 2021 Quicknepal.com  |  All Rights Reserved.