काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवार मिले देश बनाउन सकिने बताएका छन् ।
शनिबार भएको कोइराला सेवा समाजको २६ औं वार्षिक साधारणसभामा कोइरालाले सो कुरा बताएका हुन् ।
परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने सत्यजस्तै लागेको उनले खुलाए ।
सो क्रममा उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा होमिएको बताए ।
सभापतिमा चुनाव हारे पनि आफ्नो एजेण्डाले जितेको उनको भनाइ छ ।
‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । मैले हारेर पनि जितेको छु, मेरो एजेण्डाले जितेको छ । त्यसमा मलाई गर्व छ,’ उनले भने ।
निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको, तर हारबाट आफूले नयाँ कुरा सिकेको बताए ।