काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमाथि तेस्रोपटक पनि संसद विघटन गर्न खोजेको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा सम्पादकहरुसँग भएको अन्तरक्रियाका क्रममा अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि प्रचण्डले सो आरोप लगाए ।
उनले भने- एमाले अध्यक्ष ओलीले तेस्रोपटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर गर्यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ,’ उनले भने ।