काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डपथमा नफर्किने बताएका छन् ।
विगतमा कम्युनिष्ट पार्टीसँगको एकता प्रक्रियाका क्रममा प्रचण्डपथ हतारमा स्थगित भएको थियो । तर अब त्यस अवस्थामा फर्कने संभावना नभएको उनको भनाइ छ ।
अन्तरक्रियामा अध्यक्ष प्रचण्डले युद्धकालीन अवस्थामा प्रचण्डपथ पारित गरिएको उल्लेख गरेका छन् ।
अब फेरि प्रचण्डपथमा नै फर्किन नहुने र पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिकको मार्गदर्शनमा लैजाने पक्षमा बहस भइरहेको उनले बताए ।
जारी स्थायी कमिटी बैठकमा यस विषयमा गम्भीर ढंगबाट छलफल भइरहेको उल्लेख गर्दै उनले भने – प्रचण्डपथ युद्धकालिन अवस्थामा हामीले पारित गरेका थियौँ । यस विषयमा अहिले पनि पार्टीभित्र छलफल तथा कुरा उठिरहेका छन तर यस विषयमा पछाडि नर्फकने उनको दावी रहेको छ ।