माधव र बाबुरामको पार्टीसँग एकताको प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । 

शनिबार राजधानीमा सम्पादकहरुसँग भएको अन्तरक्रियाका क्रममा उनले सो बताएका हुन् । 

‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौँ, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउनेबारे पनि छलफल चलिरहेका छन्,’ प्रचण्डले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.