काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ख्रीष्टियन समुदायको महान मुख्य पर्व ख्रीष्टमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले मुलुकमा मनाइने चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाववले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
आज शुभकामना सन्देश ब्यक्त गर्दै मुख्यमन्त्रीले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल स्थल रहेको बताएका छन् ।
उनका अनुसार राजनीतिक परिवर्तनसँगै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई प्रदान गरेको छ ।
नेपालको संविधान २०७२ ले धर्म निरपेक्षतालाई आत्मसात गरेकाले सबै धर्ममा आस्था राख्ने नागरिक प्रति भेदभाव नगर्ने कुराको विषयमा सकरात्मक भुमिका खेलेको उल्लेख गरेका छन ।