१० जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको  आरोपमा दश जनाविरुद्ध मुद्दा जाहेर गरेको छ  ।  मुद्धा दायर हुनेमा लार्ज ट्रेडिङ प्रालिका चार जनासहित १० जना विरुद्ध मुद्धा जाहेर गरेको  विभागले जनाएको छ । 
   

लार्ज ट्रेडिङ प्रालिका अर्जुन प्रसाद पटेल, जय किशोर साह, सूर्यजितप्रसाद साह र तोयनाथ अधिकारी विरुद्ध १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँको बिगोे दावीसहित ३६ करोड ७० लाख ४४ हजार ५७२ रुपैयाँ बराबरको सजायको मागका लागि मुद्धा  विभागले मुद्धा दावी  गरेको हो 

 मुल्य अभिवृद्धि कर र आयकर छली गरेको आरोपमा तुराहा सप्लायर्स प्रालिले २ करोड १८ लाख ९८ हजार रुपैयाँ बिगोसहित ४ करोड ३७ लाख ९६ हजार रुपैयाँ बराबरको माग दावी सहित हरि नारायण साह तुलाधर, किशोर साह र सूर्यजितप्रसाद साह विरुद्ध  हिजो  उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जानकारी दिएकोे छ  ।


त्यसैगरि  छिरिङ ढुण्डु गुरुङले अवैध अमेरिकी डलर २ करोड ३२ लाख ७४ हजार १८० रुपैयाँ बराबरको रकम ओसारपसार गरेको आरोप विभागले दावी  गरेको छ   ।  ६ करोड ९८ लाख २२ हजार ५४० रुपैयाँ माग दावीसहित उनीहरु विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

 भन्सार चोरी पैठारी गरि ल्याएका कपडाजन्य वस्तुहरु अर्काको फर्मको नक्कली बिजक छपाएर बिक्री वितरण गरेको आरोपमा विभागले १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँको बिगोसहित सैपादिन मिया र अमन मित्तल विरुद्ध ३ करोड ७९ लाख ७८ हजार ८९४ रुपैयाँको माग दावीसहित उच्च अदातल  मुद्दा दायर गरेको विभागले जनाएको छ  ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.