यस्ता छन्, महाधिवेशनपछि बसेको कांग्रेस पदाधिकारी बैठकका निर्णय

काठमाडौं । १४ औँ महाधिवेशनबाट सभापतिमा चयन भएपछि शेरबहादुर देउवाले पहिलो बैठक सम्पन्न भएको छ । 

शनिबार बसेको कांग्रेस महाधिवेशनपश्चात् पहिलो बैठक बसेको हो । सो बैठकले निम्न निर्णय गरेको छ।  

बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ । 

त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.