उपत्यकासहित देशैभर चिसो बढेकाले सर्तकता  अपनाउन मौसमविद्को आग्रह 

काठमाडौं। अहिले पछिल्लो  समयमा काठमाडौं उपत्यकासहित नोपल भरि  चिसो बढिरहेको छ  । विज्ञहरुका अनुसार  दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने  छ  । 


 गएको दुई दिन देखि लगातार काठमाडौं सहित   देशभर  बढी चिसो महसुस हुन थालेको छ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार  एक साताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ र  २० डिग्रीको अनुपातमा रहेको थियो  । आज भने्  काठमाडौं उपतयकाको  न्यूनतम तापक्रम  ४.४ डिग्री   र अधिकतम तापक्रम १८ डिग्रि सेल्सियस रहेको छ  ।


 अब आगामि दिनहरुमा मौसममा निकै फेरबदल आउने भएकाले आवश्यक सर्तकता अपनाउनु पर्ने मौसमविद शान्ति कडँेलले जानकारी दिइन ।  उनका अनुसार मौसममा फेरबदल हुने हल्का वर्षासमेत हुनसक्ने छ । मौसम परिवर्तनका कारण तापक्रममा फेरबदल आइरहेको छ ।   मौसमको अवस्था एकिन नभएका कारण तापक्रम शून्य हुन्छ या हुँदैन त्यो भन्न नसकिने उनले् बताइन । 

 मौसम विद कँडेलले भनिन,‘ नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।’  तर पनि  पश्चिमी वायुको सामान्य प्रभाव रहेको  उनको भनाइ  छ । उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 

महाशाखाको विवरण अनुसार  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.