काठमाडौं । गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ।
राजन इशानले संगीत संयोजन गरेको गीतले नेपाली पन प्रस्तुत गर्न खोजेको छ। एमबिबिएसको बिद्यार्थी रुशाली भट्टराईको यो पहिलो गीत हो।
नीशान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली मौलिक गीतमा डाँडा काँडा तथा हिमाली दृश्यहरुलाई सुन्दर रुपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन्। भिडियोमा मोडल गरिमा शर्मा फिचर्ड छिन्।
सन्तोष राज बाहकले कोरियोग्राफी गरेको भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। भिडियो साइरस प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।