पुस महिनामा तराई मधेसमा बगिया खाने प्रचलन

सप्तरी  ।  तराई मधेसमा पुस महिनामा घर घरमा बगिया बनाएर खाने प्रचलन रहेको छ । बगिया मधेसको विशिष्ट परिकार मध्ये एक हो ।
चामलको पिठोबाट बनाइने बगियामा कुर्थीको दाल, आलु, गुड आफ्नो स्वाद अनुसार राखेर बनाएर खाने गरिएको राजविराज ७ की महेश्वररी झाले जानकारी दिइन् ।

'यो महिनामा बगिया पकाएर खाएपछि बालबालिकाको जाडो महिनामा हात खुट्टा नफाट्ने विश्वास रहेको छ' उनले भनिन् । 

उमालेको तातोपानीमा चामलको पिठोलाई मजाले मुछेर राखिन्छ। कुरथीको दाल, बोडीको दाल वा आलुलाई स्वाद अनुसार मरमसला, तेल हालेर भुटने र स-साना मुछिएको पिठोको डल्लो बनाइ बनाएको परिकार हालेर बगिया बनाई वाँफ वा तातोपानीमा पकाएर खाने चलन रहेको राजविराज ७ कै सरस्वती यादवले बताइन् ।

त्यसै गरि मंसिर महिनामा अनिवार्य रूपमा चामलको दाल पुरी खाने चलन छ। बगियाको पिठो जस्तै यसको पिठो तयार गरि चनाको दाल वा मुंगको दाललाई उमालेर बगियामा हाल्ने दाल जस्तै तयार गरि स-सानो च्प्टो आकारको पुरी बनाइ तेलमा छाकेर पकाउने चलन रहेको स्थानीय सरिता देवले बाताइन् ।

'मधेसमा दाल पुरीलाई शुभ मानिन्छ । छोरी बुहारीलाई माइती जाँदा वा आउँदा पुरीको कोसेली दिने प्रचलन रहेको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.