माओवादी महाधिवेशन : खोज्दै २१ औँ शताव्दीको समाजवादको सूत्र 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटनसत्रमा संसदमा उपस्थिति सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिएका छन् ।

माओवादीले सम्मेलनको आयोजना गरेको भए पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको हो ।

माओवादीको पदाधिकारी १५ जना रहने निर्णय स्थायी समितिले गरेको छ । यसरी पदाधिकारीमा १५ जना रहने व्यवस्था गर्दा अहिले स्थायी समितिमा रहेका सबै नेताहरुको व्यवस्थापन हुने देखिएको हो ।

सबै नेताहरुको व्यवस्थापन सहज रुपमा हुने भएपछि माओवादीले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको हो ।

पदाधिकारी मध्ये अध्यक्षमा प्रचण्डको विकल्प नरहेपनि महासचिवमा भने तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । सम्भवतः महासचिवमा जर्नादन शर्मा प्रभाकर निर्वाचित हुन सक्ने देखिएको छ ।  

अन्तिम समयमा महाधिवेशन घोषणा गरेकाले माओवादीको व्यवस्थापन कमजोर देखिएको हो ।

माओवादीले कमलादीको प्रज्ञा प्रतिष्ठानमा उद्घाटन सत्र सञ्चालनमा कोरोनाजस्ता विषयलाई खास ख्याल गर्न सकेको देखिएन । र, उसको अन्य व्यवस्थापकीय पक्ष पनि राम्रो नदेखिएको हो ।

उसले देशभरबाट आएका प्रतिनिधिलाई मात्र कार्यक्रम स्थलमा प्रवेश दिएर अन्य सहभागीलाई प्रज्ञा प्रतिष्ठानको ठवलीमा महाधिवेशन हेर्ने व्यवस्था गरेको हो ।

उसले महाधिवेशन विचारधारामा केन्द्रित रहने बताएको छ । र, सहभागीमा खास ख्याल राखेको देखिएन ।

माओवादीको आठौँ महाधिवेशनमा १५३३ प्रतिनिधि सहभागी भएका छन् । माओवादीको महाधिवेशनमा आएका प्रतिनिधिहरुले विचारको मामलामा कस्तो भूमिका निर्वाह गर्नेछन्, त्यो अन्तिममा प्रष्ट हुने नै छ ।

महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्षले प्रस्तुत गर्ने दस्तावेजमाथि २५ समूह बनाएर छलफल भने प्रतिनिधिले गर्नेछन् । 

माओवादीको सातौँ  महाधिवेशन २०६९ माघमा हेटौँडामा सम्पन्न भएको थियो ।

यो महाधिवेशनले आधारभूत रुपमा माओवादीले उत्पादनमा जोड दिने संकल्प गरेको थियो । तर यसको कार्यान्वयन भने पूर्ण रुपमा हुन सकेको छैन ।

यस्तो परिस्थितिमा आठौँ महाधिवेशन गरिरहँदा उसले लिने निर्णय समाजवाद निर्माणमा केन्द्रित हुने देखिएको छ । तर, समाजवादको आधार र मोडलबारे खास चर्चा भएको छैन । प्रचण्डले उद्घाटन सत्रमा वित्तीय एकाधिकार पूँजीवादबारे चर्च भने गरेका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने सबै नेताहरुले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षताको मुद्दामा माओवादीको योगदान गरेको बताएका छन् ।

तर, माओवादीले यी मुद्दामा देखिएका समस्याहरुको निकासबारे निर्णय लिन सकेको छैन ।

यो आठौँ महाधिवेशनले यी सबै मुद्दामा उपयुक्त निर्णय लिने स्थायी कमिटीका एक नेताले बताए । उनले भने नेपाली समाज अनुकूलको समाजवादबारे पनि यो महाधिवेशनले निर्णय लिनेछ ।

माओवादीले सम्भवतः २१औं शताव्दीको समाजवादबारे निर्णय लिनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.