पहिचान हुन नसकेको रोगले मर्न थाले पशु चौपाया

सप्तरी ।  सप्तरीको बोदेबर्साइन नगरपालिका-५ पहिचान हुन नसकेको रोगका कारण पशु चौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको रोगको संक्रमणबाट दिनहुँ पशु चौपाया मर्न थालेका हुन् । 

स्थानीय पशुपालक किसान गोपालप्रसाद सिंहका अनुसार रोगका कारण एक दर्जन पशु चौपाया मरिसकेका छन् । कयौँ बिरामी छन् ।

मुखबाट र्‍याल आउने, काप्ने, छट्पटाउने, खुट्टा सुन्निने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्नेजस्ता लक्षण पशुमा देखिने गरेको छ । सिंहका मात्र दुईवटा चौपाया मरिसकेका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.