मृत अवस्थामा भेटिइन् एक ३३ वर्षीया महिला

काठमाडौं ।  कागेश्वरी मनोहरा-१ को गागल फेदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता शुशील सिंह राठौरका अनुसार ३३ वर्षीया धनमाया तामाङ मृत अवस्थामा फेला परेकी छन् ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, अहिले ‘त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.