थप २७१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिका कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार  ९ हजार १५७ जनामा पीसीआर परीक्षण गर्दा  २५१ जनामा र २ हजार ७२९ जनामा  एन्टीजेन परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ५८६ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो समय थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९३१ जना रहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.