काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी र पदाधिकारीमा समानुपातिक समावेशी कलस्टर तयारीका लागि समिति गठन गरेको छ ।
संविधान र पार्टीको विधान व्यवस्थाअनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजनका लागि पाँच सदस्यीय कमिटी गठन गरेको हो ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले देव गुरुङको नेतृत्वमा सो समिटी गठन गरेको हो । सो कमिटीमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेललगायत पाँच सदस्य छन् ।