काठमाडौं । रौतहटमा भएको भारतीय गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
रौतहटमा जन्ती लिएर घर फर्किरहेको गाड़ी दुर्घटना हुँदा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु छन् । गाडीमा नौ जना सवार थिए ।
मृतक सबै गढीमाइ नगरपालिका ३ निवासी भएको बताइएको छ।
बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो ।
दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीले जानकारी दिएको छ ।