सकियो, प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय

काठमाडौं । माओवादी अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा प्रतिनिधिले छलफल गर्ने क्रम सकिएको छ ।

नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको सकिएको हो । 

आइतबारबाट सुरु भएको महाधिवेशनमा मंगलबार झण्डै १७ सय प्रतिनिधिलाई समूहगत रुपमा छलफल गर्न समय तोकिएको थियो ।

महाधिवेशन प्रतिनिधिहरूलाई प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको थियो ।

उक्त समूहमा प्रतिवेदनमाथि राखेका सुझावलाई संकलन गरेर समुहका नेताले बन्द सत्रमा पेश गर्नेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.