काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा १२ देखि १५ मिनेटभित्र समूहगत सुझाव पेश गर्न निर्देशन दिइएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुतिका लागि उल्लेखित समय दिइएको हो ।
साथै, राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि भनिएको छ ।
प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।