गृहको कार्यसम्पादन मुल्यांकनमा दैलेख र डोल्पा अन्तिममा
गृह मन्त्रालयको वार्षिक कार्य सम्पादनअनुसार कर्णाली प्रदेशको दैलेख र डोल्पा कार्य सम्पादनमा पुछारमा परेको छ ।

जितेन्द्र थापा

दैलेख । गृह मन्त्रालयको वार्षिक कार्य सम्पादनअनुसार कर्णाली प्रदेशको दैलेख र डोल्पा कार्य सम्पादनमा पुछारमा परेको छ ।

गृह मन्त्रालयको वार्षिक कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दैलेख र डोल्पा अन्तिममा अन्तिममा रहेको छ । गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच गरिएको करार बार्षिक सम्झौताअनुसार दैलेख अन्तिम स्थानमा परेको छ ।

आर्थिक वर्ष २०७७र०७८ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच गरिएको करार वार्षिक सम्झौताअनुसार कार्य सम्पादन मुल्याङ्कन गरिएको थियो । मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कन महाशाखाबाट गरिएको मुल्याङ्कनअनुसार दैलेख सबैभन्दा पछाडि परेको हो ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन समन्वय तथा सदाचार र आर्थिक अनुशासन गरी ६ वटा विषयगत क्षेत्रमा गृहले मुल्याङ्कन गरेको थियो । जिल्लामा कार्य सम्पादन बमोजिम कार्य नभएकोले दैलेख पछाडि परेको जनाइएको छ ।

गृह मन्त्रालयको २३ भदौको सूचनामा उल्लेख गरिएको जानकारीअनुसार नीति, योजना अनुगमन तथा मुल्याङ्कन महाशाखाले झाँपा, अर्घाखाँची र रुकुम पूर्व गरी ३ वटा जिल्ला प्रशासन कार्यालयलाई अति उत्कृष्टमा समेटेको छ ।

यस्तै गृहले कर्णालीका जाजरकोट, हुम्ला, कालिकोट, रुकुमपश्चिम जिल्ला प्रशासनलाई उत्कृष्ट दोस्रो स्थानमा राखेको छ । त्यस्तै सुर्खेत, जुम्ला जिल्ला प्रशासन तेस्रो स्थानमा रहेका छन् । सल्यान र मुगु जिल्ला प्रशासन चौथो र दैलेख र डोल्पा जिल्ला प्रशासन कार्यसम्पादन मुल्याङ्कनमा पाँचौ स्थानमा रहेका छन् ।

दैलेखका हकमा आफूले कार्य सम्पादनमा राम्रो गरेको प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलको दाबी छ । ुकहाँनेर मिस्टेक भयो भनेर आफूले सबै फाइल पल्टाएर हेरेको, कही कतै कार्यसम्पादनमा कमजोरी छ जस्तो लागेन,’ उनले भने, ‘कहिलेकाही मेलमा पठाएका इमेल फिलोप हुँदैनन् । त्यहीँ भएर पनि कार्यसम्पादनमा पाँचौ स्थानमा होला दैलेख ।’

लामो समयदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनाहरु आफू आएपछि अघि बढेको उनको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.