काठमाडौं । नेकपा माओवादीका समूह नेता टंक राईले प्रचण्डले आफ्नो प्रतिवेदनमा न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पष्ट धारणा समेटेको बताएका छन् ।
अध्यक्ष प्रचण्डद्वारा तयार पारेको प्रतिवेदनमाथि छलफलपश्चात् सुझाव पेस गर्ने क्रममा उनले सो बताएका हुन् ।
२०६२ पछि भएका मधेस आन्दोलनको समीक्षा, नागरिक आन्दोलनलाई संबोधन गरी संविधान संशोधनका लागि पहल गर्नुपर्छ । कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइयोस्, सो क्रममा उनले भने, कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ? यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ ।
त्यसैगरी,उनले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।