भारतले अघि सारेका सर्त नमान्दा वीरेन्द्रको हत्या भयो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुनसक्ने  बताएका छन् । 

बुधबार राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रियाका क्रममा लिङ्देनले राजा वीरेन्द्र भारतले अघि सारेका  शर्त पूरा गरेको भए राजाको हविगत त्यो नहुने बताउँदै सो बताएका हुन् । 

सो क्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरणसमेत गरे ।

उनले भने, ‘त्यसबेला म सानै थिएँ । राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको छ ।’

राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.