काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क इलाकाबाट ३४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
बलात्कारमा संलग्न रहेको अभियोगमा बुधबार बिहानसम्म आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
घटनामा संलग्न अर्का एक जना फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।