'जनयुद्धकालीन संकल्प चिप्लिएका छन्'

जनगणतन्त्रको सपना बोकेर दशवर्षे जनयुद्ध गरेको माओवादी देशमा संघीय गणतन्त्र र संसदीय अभ्यासमा संगल्न भएसँगै विभिन्न टुक्रामा विभाजित छ । शीर्ष नेता पार्टीबाट सिद्धान फरक भएको भन्दै अलग्गिँदा नेतृत्वसँगै पिछा लाग्ने नेता तथा कार्यकर्ता पीडित  छन् । यिनै विषयमा रहेर क्विक नेपालले तनहुँकी ओमकुमारी पौडेलसँग कुराकानी गरेको छ। 

प्रस्तुत छ, जनयुद्ध र माओवादी शान्ति प्रक्रियाबारे धारणा पौडेलकै शब्दमा

maost-4-.jpg-5.jpg

म तनहुँबाट प्रतिनिधिको रुपमा आएकी हुँ ।  पारिवारिक प्रेरणाका कारण विद्यार्थी राजनीतिबाट पार्टीमा आबद्ध मैले पार्टीमा बिसौँ वर्ष खर्चिएकी छु । 

मेरो बुबा पार्टीको संस्थापक र मेन पर्सन हुनुहुन्थ्यो । बुबा आन्दोलनमै भएका कारण हामी पार्टीसित जोडियौँ । पार्टीकै माया ममतासँग बाधियौँ । रगत पसिना पनि पार्टीमै बगायौँ । परिवारमा सबै पूर्णकालीनजस्तै थियौँ  । सँगसँगै परिवारका सदस्य पनि गुमायौँ । हाम्रो जीवन र जवानी पार्टीमै लगानी भएको छ ।

द्वन्द्वकालमा घरमा बस्ने अवस्था नहुँदा बाध्यताबस हामी पार्टीमा पूर्णकालीन भएका थियौँ ।  जनयुद्धका क्रममा मेरी दिदी राज्यतर्फबाट बेपता भइन् । अहिलेसम्म केही जानकारी छैन ।

अहिले हामीसामु नकरात्मकपना देखा परेका छन् । हाम्रो पार्टी केही चुकेको छ । हिजोका हाम्रा केही संकल्प चिप्लिएका छन् । जनताले अधिकारको प्रयोग गर्न पाइरहेका छैनन् ।

हाम्रा नेताको जीवनशैली र रहनसहन र कार्यविभाजन सही नहुँदा परिस्थिति बिग्रिँदा हाम्रो पार्टी विभाजित हुँदै आएको छ । जसका कारण आज पार्टीको साइजल निकै सानो छ ।

हिजो जनतालाई दिएको विश्वास पूरा गर्न नसक्दा हामीमाथि अविश्वास पैदा भएको छ । यी सबै कुराको विषयमा समीक्षा गरेर पार्टीले व्यवहारमा उतारोस् भन्न चाहन्छु । 

म बेपता तथा छानबिन समितिमा पनि काम गर्छु । यद्यपि यो प्रक्रियाा अझै पूरा भएको छैन । शान्ति प्रक्रियापछाडि सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम चाँडै पूरा गर्नुपर्छ भन्ने लाग्छ ।

बेपत्ता पारिनुको कारण खोजिनुपर्छ । र, बेपता पारिएका नागरिकका परिवारलाई राहत तथा व्यवस्थापन गर्नुपर्छ । बिनाकारण बेपत्ता पारेको भए तिनीहरुलाई कारबाही हुनुपर्छ ।

राज्यले बेपता पारेका परिवारलाई दश लाख र सन्ततीलाई कक्षा १२ सम्मको शिक्षाका लागि थोरै पैसा दिएको छ । क्षेत्रगत रुपमा  त्यस्ता  घट्नामा परेका र राहत लिन छुटेका पनि छन् ।

उनीहरुलाई सूचीकृत गरेर समानुपातिक तरिकाले वितरण गर्नुपर्छ । यस विषयका लागि शान्ति समितिबाट केही कार्य अगाडि बढाइएको छ ।

सूचीकरण नभएकालाई सेवावापत राहत वितरण गरिएको छैन । सूचीकरण गरिएकालाई त्यो सेवा राज्यले वितरण गरेको छ।

हिजो बचपनमा पार्टीका धेरै दृष्टिकोण  बुझिएन । तर, माओवादीले समतामूलक समाज निर्माण गर्ने कुरा वैज्ञानिक कुरा रहेछ भन्ने  कुरा अहिले बुझेकी छु ।

हामीले गरेको जनयुद्धकै कारण दलित, उत्पीडित तथा हेपिएका वर्गहरुलाई उठाउने काम भयो । पार्टीलाई वृहत तहमा उठाउन सफल भयौँ । हामीले समावेशी, सहभागितामूलक कुरालाई स्थापना गर्न सक्यौँ ।

पौडेल पारिवारिक प्रभावका कारण विद्यार्थी राजनीतिबाट माओवादीमा प्रवेश गरेकी नेतृ हुन् । उनले शान्ति समितिमा रहेर कामसमेत गरेकी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.