प्रधानमन्त्री देउवाले दिए तमु ल्होसार पर्वको शुभकामना

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले  स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् ।

प्रधानमन्त्री देउवाले आज गरेको शुभकामना सन्देशमा विशेष गरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व एक विशिष्ट पहिचान सहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थका मापदण्डको पालना गर्दै भब्यरुपमा पर्व मनाउन आग्रह गरेका छन । 

उनले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.