घट्यो सुनचाँदीको मूल्य

काठमाडौं ।   शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार बिहीबार प्रति तोला ९४ हजार ७ सय कारोबार भएको सुनको मूल्य शुक्रबार ९४ हजार ६ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

त्यस्तै शुक्रबार चाँदीको भाउ समेत प्रतितोला ५ रुपैंयाँले घटेको छ। अघिल्लो दिन ७ सय २५ मा कारोबार भएको चाँदी शुक्रबार ७ सय २० निर्धारण गरिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.