काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ५७ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले सचिवस्तरीय निर्णयबाट एकै पटक यतिधेरै उपसचिवको सरुवा गरेको हो ।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तहसम्ममा उपसचिवहरू सरुवा सूचीमा परेका छन् ।
कतिपय बढुवापछि पदस्थापन भएका पनि छन् ।

